NEWS & RESOURCES

यदि तपाईलाई काममा चोट लागेको छ भने पहिलो कदम चाल्नु

06.22.20
Lhotshampa new work injury

ओहायोमा कामको सिलसिलामा हालसालै तपाईलाई चोटपटक लागेको छ भने यो पोष्ट पढ्नुहोस्

नमस्ते, मालेक र मालेक ओहियोमा घाइते कामदारहरूको प्रतिनिधित्व गर्नमा गर्व गर्दछन्। सुरुमा तपाई काममा घाइते हुँदा के गर्ने भनेर अलमल्लमा पर्न सक्नुहुन्छ। यहाँ केहि आधारभूत चरणहरू छन् जुन तपाईले सुरू गर्न सक्नुहुन्छ।

१) तपाईलाई चोट लागेको छ भनेर आफ्नो  सुपरभाईजर वा प्रबन्धक वा नेतृत्वलाई जानकारी गराउनुहोस् ।

२) मेडिकल सहयोग लिनुहोस्

३) मेडिकल सेवा प्रदायकलाई तपाईलाई कामको सिलसिलामा चोट लागेको छ भनी भन्नुहोस् र जे भएको थियो, त्यसको स्पष्ट विवरण दिनुहोस्

४) यदी तपाई काममा फर्कन सक्षम हुनु हुन्न भने, आफ्नो सुपरभाईजर र मानव श्रोत व्यवस्थापनलाई सम्पर्क गरी तपाई काममा फर्कन नसक्ने कुरा जानकारी गराउनुहोस् । यदी तपाईले जानकारी गराउनु भएन भने, तपाईले कार्यक्षेत्रको नीति “no call, no show” उल्लंघन गर्नुभएको मानी निष्काशित हुन सक्नु हुनेछ ।

यो मानौं यो जीवन जोखिममा पर्ने आपतकाल होइन, पहिले तपाईको सुपरवाइजरलाई तपाईको चोटपटकको बारेमा बताउनुहोस्। एक दुर्घटना फारम भर्नुहोस्। तपाईको सुपरभाइजरलाई सोध्नुहोस् कि फार्म पनि भर्नुहोस्। यदि यस दुर्घटनामा साक्षी छन् भने, तिनीहरूलाई साक्षी बयान भर्न भन्नुहोस्।

अर्को चरणमा मेडिकल उपचार गराउनुपर्नेछ । पुनः तपाईले यो ज्यानै जाने ईमरजेन्सी होईन भनी ठानेर ईमरजेन्सीमा नगई एक निश्चित रकम लिने कुनै आकस्मिक हेरचाह गर्ने वा वाक-ईन क्लिनिकमा मात्र जाने निर्णय गर्न सक्नु हुनेछ । तपाई किन त्यसो गर्न चाहनु हुन्छ ? यदी तपाईले कामदारको क्षतिपूर्ति दावी गर्न पाउनुहुन्छ भने, ईमरजेन्सी चार्ज तपाईको कामदारको क्षतिपूर्ति दावी अन्तर्गत पेश गरिनेछ । यदी त्यो नभए, तपाईले ईमरजेन्सीको बिल भुक्तान गर्नु पर्ने हुन्छ । ईमरजेन्सीमा उपचार गराए बापत हजार डलर तिर्नु पर्ने भन्दा १-२ सय डलर खर्चेर कुनै आकस्मिक हेरचाह गर्ने वा वाक-ईन क्लिनिकमै जानु राम्रो होला । तपाई आफ्नो प्राथमिक हेरचाह चिकित्सक कहाँ जान पनि सक्नु हुन्छ । यदि यो जीवन वा मृत्यु आपतकालीन हो ER मा जानुहोस्।

यस सुरूवाती मेडिकल भिजिटको सम्पूर्ण उद्देश्य तपाईको घाउचोटको उपचार गराउन तथा तपाईको कार्यक्षेत्रमा भएको चोटपटक र घाईते भएको शरीरको अंगको अभिलेखिकरणको लागी हो । ताकि, जब तपाई ईमरजेन्सी/ आकस्मिक हेरचाह /वाक-ईन क्लिनिक  वा प्राथमिक सेवा चिकित्सक कहाँ जानुहुनेछ, उहाँहरुले तपाईलाई कामको सिलसिलामा लागेको चोटबारे स्पष्ट जानकारी दिन सकुन् । साथै उहाँहरुलाई स्पष्ट संग बताउनुहोस् कि, तपाई कसरी घाईते हुनुभएको थियो । यदी तपाईलाई अंग्रेजी बोल्न गाह्रो छ भने, कुनै आफन्त वा साथीलाई तपाईको लागी अनुवाद गर्न लगाउनुहोस् । स्वास्थ सेवा प्रदायकहरुले तपाईको चोटपटक सम्बन्धी सही विवरण अभिलेख गर्नु महत्वपूर्ण हुन्छ । कामदारको क्षतिपूर्ति दावी गर्नका लागी यी अभिलेखिकरण नै सबथोक हुन् ।

तपाईले FIRST REPORT OF INJURY फारम वा FROI-1 पेश गर्न चहानुहुनेछ । सामान्यतय यदी तपाई ईमरजेन्सी वा अकस्मिक हेरचाहमा जानु भएको खण्डमा उनीहरुले तपाईको चोट कामसंग सम्बन्धित हो कि होईन भनेर सोध्नेछन् । यदी यो चोट कामसंग सम्बन्धित हो भने, उनीहरुले FROI-1 फारम भरेर BWC मा पठाउनेछन् । यसले BWC दाबी प्रकृया सुरु गर्नेछ । तपाईले FROI-1 फारम आफैले भरेर मेडिकल सेवा प्रदायकको हस्ताक्षर तथा मिति बिना पनि पेश गर्न सक्नुहुनेछ, तथापि, तपाईको चोट वा चोट लागेको शरीरको अंगहरु मेडिकल सेवा प्रदायकले कामको सिलसिलामा लागेको चोट हुन् भनी सम्बन्धित गराएको हुनुपर्छ ।

अन्ततः ईमरजेन्सी वा अकस्मिक हेरचाहले तपाईलाई दुई वा तीन दिनका लागी वर्क एक्सक्युज स्लिप (work excuse slip) दिन सक्नेछ । यदी तपाई दुई वा तीन दिन भित्र काममा फर्कन सक्नु हुन्न भने तपाईले कामदारको क्षतिपूर्ति सम्बन्धी डाक्टरलाई लामो समय सम्मको लागी छुट्टीका लागी लेख्न लगाउनुपर्ने हुन्छ । यो अत्यन्तै महत्वपूर्ण हुन्छ कि, तपाई काममा जान नसकेको दिन आफ्नो रोजगारदातालाई “म घाईते भएको कारण भोली काममा जान सक्दिन” भनी सम्पर्क गर्नुहोस् । यो तपाईले दैनिक गर्नु पर्नेछ । यदी तपाईले गर्नु भएन भने, तपाईको रोजगारदाताले “no call, no show” नीति अन्तर्गत तपाईलाई कामबाट निकालिदिन सक्नेछ । तपाई बिरामी हुनुहुन्छ वा काम गर्न सक्नु हुन्न भनरे तपाईको रोजगारदातालाई थाहा छ भनी कहिले पनि नसोच्नुहोला

 

यदी कार्य क्षेत्रमा लागेको तपाईको चोट सानो काटेको वा घाउ भन्दा अधिक छ भने, म तपाईलाई मालेक र मालेक का कामदार क्षतिपूर्ति सम्बन्धी वकीललाई निःशुल्क परामर्शका लागी १-६१४-४४४-७४४० वा ईमेल kip@maleklawfirm.com मा  सम्पर्क गर्न सल्लाह दिन्छु ।

ADDRESS
VIEW MAP
CONTACT
EMAIL US